ललितपुर । मंगलबार ललितपुरमा ३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।
मंगलबार ललितपुरमा देखिएका ३ जना ललितपुरका अस्थायी बासिन्दा रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
मंगलबार देखिएका ललितपुर महानगरपालिकाका ४४ र ४७ वर्षका पुरुष र महालक्ष्मी नगरपालिकाका ३२ वर्षका पुरुष रहेका छन् । योसँगै ललितपुरमा हालसम्म ११६ जना कोरोना संक्रमित भएका छन्, पुरुष ७२ पुरुष र महिला ४४ जना रहेका छन् ।
ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।