Logo

सोमवार, श्रावण २५ गते २०८३

images

१८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

१८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

दैनिकी न्यूज

२१, श्रावण २०७७
१८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु
images

पर्सा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ।

पर्साको पोखरिया नगरपालिका वडा नं. ८ का १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

उनलाई शुरुमा पखाला लागेको थियो । पखालासँगै श्वाँसप्रश्वाँसमा पनि सममस्या देखिएपछि उनलाई सोमबार उपचारका लागि आफन्तले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगेका थिए। अस्पतालमा नपुग्दै उनको मृत्यु भएको हो।

ती युवतीको कुनै ‘ट्राभल हिस्ट्री’ छैन । ‘मृत्युपछि मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको हो ।

१८ वर्षीया युवतीको मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

images
प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - ०८:५९:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology