Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

१८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

१८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

दैनिकी न्यूज

२१, श्रावण २०७७
१८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु
images

पर्सा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ।

पर्साको पोखरिया नगरपालिका वडा नं. ८ का १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

उनलाई शुरुमा पखाला लागेको थियो । पखालासँगै श्वाँसप्रश्वाँसमा पनि सममस्या देखिएपछि उनलाई सोमबार उपचारका लागि आफन्तले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगेका थिए। अस्पतालमा नपुग्दै उनको मृत्यु भएको हो।

ती युवतीको कुनै ‘ट्राभल हिस्ट्री’ छैन । ‘मृत्युपछि मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको हो ।

१८ वर्षीया युवतीको मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

images
प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - ०८:५९:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology