काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य बुधबार एक लाख नाघेको छ। साउन २१ गते बुधबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेर १ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ।
यसैगरी यसदिन तेजाबी सुन प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर एक हजार २९५ रुपैयाँ पुगेको छ।
कोरोना भाइरसको महामारी व्यापक रुपमा बढ्दै गएसँगै लगानीकर्ताहरु सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो।