Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज काठमाडौंका ५७, ललितपुरका ५ जना सहित थपिए ३८१ जना कोरोना संक्रमित

आज काठमाडौंका ५७, ललितपुरका ५ जना सहित थपिए ३८१ जना कोरोना संक्रमित

दैनिकी न्यूज

२१, श्रावण २०७७
आज काठमाडौंका ५७, ललितपुरका ५ जना सहित थपिए ३८१ जना कोरोना संक्रमित
images

काठमाडौं । मंगलबार विभिन्न प्रयोगशाला ६ हजार ३५९ वटा पिसिआर परीक्षण गर्दा थप ३८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंका ५७  र ललितपुर ५ सहित ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल आइसोलेसनमा ६ हजार १ सय ७४ जनाको उपचार भइराखेको छ । क्वारिन्टिनमा ९ हजार ९२५ जना रहेका छन् । हालसम्म ४ लाख १२ हजार ९१३ जनाको पिसिआरबाट परीक्षण गरिएको छ ।

गत २४ घण्टाभित्र १३० जना निको भई घर फर्किएका छन् । हालसम्म १५ हजार १५६ जना उपचार गरी घर फर्किएका छन् ।

गत २४ घण्टाभित्र पर्सा वीरगन्जका १८ वर्षको महिला र ४६ वर्षको पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६० पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - १६:२७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology