Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शनिबारदेखि साउन ३२ गतेसम्म रौतहटमा निषेधाज्ञा

शनिबारदेखि साउन ३२ गतेसम्म रौतहटमा निषेधाज्ञा

दैनिकी न्यूज

२१, श्रावण २०७७
शनिबारदेखि साउन ३२ गतेसम्म रौतहटमा निषेधाज्ञा
images

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले साउन २४ गते शनिबारदेखि साउन ३२ गतेसम्मको लागि रौतहट जिल्ला भरी निषेधाज्ञा लागु गर्ने निर्णय गरेको छ ।
छिमेकी जिल्ला बारा, सर्लाही र पर्सामा कोरोनाको संक्रमण बढेपछि बुधबार बसेको सुरक्षा समितिको बैठकले रौतहटमा पनि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो ।

रौतहटमा पनि समुदायमा संक्रमण फैलिने त्रास भएकाले जिल्लालाई नै निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन ।
अत्यावश्यक काम बाहेक रौतहट जिल्लामा २४ गतेदेखि ३२ गतेसम्म पूर्णरूपमा निषेधाज्ञा गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

हाललाई साउन ३२ गतेसम्ममा निषेधाज्ञा गरिने निर्णय भएपनि त्यसपछि के गर्ने भन्ने बारे सुरक्षा समितिको बैठकले निर्णय गर्ने प्रजिअ घिमिरेले बताए । पछिल्लो समयमा रौतहटमा पनि समुदायमा संक्रमण देखिरहेको अवस्था छ । मानिसहरूको आवतजावत हुनाले संक्रमण हुने जोखिम बढेकाले यो निर्णय गरिएको हो ।

यता रौतहटको राजदेवि नगरपालिकामा भोली बिहिबारदेखि सम्पुर्ण कार्यालयहरु बन्द हुने भएका छन । सो नगरपालिकाको वाड नं. ५ का वडा अध्यक्षलाई कोरोना संक्रमित पुष्टि भएपछि राजदेवि नगरपालिकामा समुदाय स्तरमा नै कोराना भाइरस फैलिएको भन्दै सो नगर क्षेत्रका सम्पुर्ण कार्यालयहरु बन्द गर्ने निर्णय गरेको नगर प्रमुख धिरेन्द्र सिहले जानकारी दिए ।

वडा अध्यक्ष ब्यक्तिगत कामले काठमाडौ जानु पर्ने भएपछि स्वास्थ्य परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । संक्रमित वडा अध्यक्षका श्रीमतिको करेन्ट लागेर मृत्यु हुँदा मलामी गएका सांसददेखि सर्वसाधारण अनुमानित ३ सय भन्दा बढी नागरिकहरु सहभागी रहेको जनाइएको छ ।
सम्पर्कमा आएकाहरु मध्येको स्वास्थ्य परिक्षण गराउदा ४ जनामा मंगलबार कोरोना पुष्टि भएको थियो । अन्यको पनि स्वाब परिक्षण भइरहेको नगर प्रमुख सिंहले जानकारी दिएका छन । मंगलबार राजदेबीको ४ जना सहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले सम्म रौतहटमा १ हजार ३ सय ३५ जनामा कोरोना संक्रमित भएका छन भने १३ जना मात्रै आइसुलेसनमा छन ।

images
प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - १९:५९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology