Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भोलिदेखि सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागू

भोलिदेखि सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागू

दैनिकी न्यूज

२१, श्रावण २०७७
भोलिदेखि सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागू
images

काठमाडौं । सरकारलेभोलिदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागू गरिएको छ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

त्यस्तै सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोना संकटकै बीचमा सामूहिक भोज र समारोह भइरहेको भन्दै त्यसलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।  

images
प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - २१:०६:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology