Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज ललितपुर महानगर र गोदावरीमा थपिए ४ कोरोना संक्रमित

आज ललितपुर महानगर र गोदावरीमा थपिए ४ कोरोना संक्रमित

दैनिकी न्यूज

२१, श्रावण २०७७
आज ललितपुर महानगर र गोदावरीमा थपिए ४ कोरोना संक्रमित
images

ललितपुर । बुधबार ललितपुर जिल्लामा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

बुधबार ललितपुरमा देखिएका ४ जना ललितपुरका स्थायी र अस्थायी बासिन्दा रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

बुधबार देखिएका ललितपुर महानगरपालिकाका ३५ वर्षिय महिला, ४६ वर्षको पुरुष र २९ वर्षको महिला रहेका छन् । ३५ वर्षको महिला ललितपुर महानगरपालिकाका स्थायी बासिन्दा हुन् ।

त्यस्तै बुधबार गोदावरी नगरपालिकामा स्थायी रुपमा बसोबास गर्ने ३१ वर्षका पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको छ ।
योसँगै ललितपुरमा हालसम्म १२० जना कोरोना संक्रमित भएका छन्, पुरुष ७४ पुरुष र महिला ४६ जना रहेका छन् ।

ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।

images
प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - २२:०७:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology