Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोना संक्रमण समूह–समूहमा

कोरोना संक्रमण समूह–समूहमा

दैनिकी न्यूज

२२, श्रावण २०७७
कोरोना संक्रमण समूह–समूहमा
images

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो ।

पछिल्लो २४ घण्टायता थप पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै सचेत र सतर्क रहन आग्रह गरेका छन् ।

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै कोरोना जोखिम बिस्तारै समुदायमा प्रवेश गरिसकेको बताए । उनले भने, ‘अन्तरजिल्लामा आवतजावत पूर्णतः बन्द गर्नुपर्छ । भारतबाट नेपाल आउन रोक लगाउनुपर्छ ।’

संक्रमणको उद्गम मानिएको चीनको वुहानबाट नेपाल फर्किएका चिकित्सक तथा अनुसन्धानकर्ता डा। रमेश आचार्यले संक्रमण समुदायबाट समूह समूहमा फैलिन सुरु गरिसकेको बताए । उनले भने, ‘समुदायबाट समूह समूहमा संक्रमण फैलिसकेको छ । समयमा नियन्त्रण गर्न नसकिए स्थिति अझै भयावह भई गम्भीर क्षति बेहोर्नुपर्ने हुन सक्छ ।’

जनस्वास्थ्य विज्ञहरूले हेलचेक््याइँ गरिए स्थिति अनियन्त्रित हुन सक्ने भन्दै सावधानी अपनाउनुको विकल्प नरहेको बताएका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमण अझै समूह समूहमा फैलिनसकेको बताएको छ ।
काठमाडौंभित्र प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत १६ जनामा संक्रमण देखिएको छ । यस्तै, सिंहदरबारको ट्राफिक व्यवस्थापनमा खटिएका दुई सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सरुवा रोग विशेषज्ञ डा। पुनले आत्मानुशासन नै कोरोनाबाट बच्ने उत्तम विकल्प रहेको बताए । उनले लकडाउन कोरोना नियन्त्रणको अन्तिम विकल्प नभएको भन्दै स्वयं व्यक्ति सजग रहनुपर्ने बताए ।

यसैबीच सरकारले लकडाउन हटाए पनि सीमानाका कडाइ गर्न नसकेको र हेलचेक््रयाइँ गरे स्थिति अनियन्त्रित हुन सक्ने भन्दै सावधानी अपनाउनुको विकल्प नरहेको बताएका छन् ।

यसैबीच सरकारले लकडाउन हटाए पनि सीमानाका कडाइ गर्न सकेको छैन । काठमाडौं उपत्यकामा दैनिक ६ हजार नागरिक भित्रिए पनि उनीहरूको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छैन । नागरिकले मास्क लगाउने, सेनिटाइजर प्रयोग, दुरी कायम लगायतमा हेलचेच्रायाइँ गर्दै आएका छन् ।

राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - ०५:५८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology