Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कतिले आवेदन दिऐ एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा ?

कतिले आवेदन दिऐ एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा ?

दैनिकी न्यूज

२२, श्रावण २०७७
कतिले आवेदन दिऐ एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा ?
images

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आईपीओमा ४ लाख २८ हजार १५३ जनाले आवेदन दिएका छन् ।

साउन १६ गतेदेखि विक्रीमा आएको उक्त कम्पनीको आईपीओ खरीदका लागि साउन २१ गते अन्तिम दिन साँझ ५ बजेसम्म उक्त संख्याका आवेदकहरुबाट १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको लागि आवेदन परेको हो ।

विक्री प्रबन्धक सानिमा क्यापिटलले उपलब्ध गराएको विवरण अनुसार कम्पनीको आईपीओमा मागभन्दा ५ दशमलव २४ गुणा बढी आवेदन परेको छ ।कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री गरेको हो ।

सर्वसाधारणका लागि छुट्याइएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओमध्ये १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत कम्पनीले विक्री गरेको हो ।

विक्रीका लागि छिटोअवधि साउन २१ गते र ढिलोअवधि भदौ ५ गतेसम्मका लागि तोकिएको थियो । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द गरिएको छ ।

कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले औषतभन्दा तलको आधारलाई संकेत गर्ने केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

हाल उक्त कम्पनीको संस्थापकतर्फबाट चुक्तापूँजी रू। ३३ करोड ९८ लाख ४ हजार रहेको छ । आईपीओ विक्रीपश्चात यो पूँजी रू। १ अर्ब १३ करोड २६ लाख ८२ हजार पुग्नेछ ।

आर्थिक अभियानमा खबर छ ।

images
प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - ०६:०४:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology