Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा

सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा

दैनिकी न्यूज

२२, श्रावण २०७७
सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा
images

काठमाडौँ  । बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ ।

बन्दाबन्दी खुलेपश्चात् काठमाडाँैं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ । बुधबार मात्र काठमाडौँं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडाँैंमा ६२ सहित देशभर ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

उपत्यकामा अझ खतरा
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका ५७ जना र ललितपुरका पाँच जना गरी कुल ६२ जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंँका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १४ जना र ललितपुरका एक जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका दुई र ललितपुरका दुई जनामा कोरोना पुष्टि भएको जानकारी उहाँले दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौँका एक, स्टार अस्पतालमा काठमाडौँका एक र ललितपुरका दुई, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ११ र डीआईडीएल प्रयोगशालामा काठमाडौँका एक जनामा कोरोना देखिएको हो । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा छ हजार ३५९ को पीसीआरबाट गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको छ ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार १७४ रहेको बत९ाउँदै डा। गौतमले पछिल्लो २४ घण्टामा थप १३० जना उपचारपछि निको भएर डिस्चार्ज भएको बताउनुभयो । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या १५ हजार १५६ पुगेको छ । बुधबार देशभरका क्वारेन्टाइनमा नौ हजार ९२५ जना व्यक्ति छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ ।

मृतकको सङ्ख्या ६० पुग्यो
यसैबीच पर्साको पोखरीया नगरपालिका–८ का एक १८ वर्र्षीया युवतीको मृत्यु भएको छ । उपचारका लागि वीरगञ्जको नेसनल मेडिकल कलेजमा ल्याउँदा बाटैमा मृत्यु भएकी युवतीमा कोरोना देखिएको हो । यस्तै वीरगञ्जका अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता डा। गौतमले जानकारी दिनुभयो । योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ ।

गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - ०६:२३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology