Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार उपत्यकामा थपिए १०२ कोरोना संक्रमित

बुधबार उपत्यकामा थपिए १०२ कोरोना संक्रमित

दैनिकी न्यूज

२२, श्रावण २०७७
बुधबार उपत्यकामा थपिए १०२ कोरोना संक्रमित
images

काठमाडौँ । अस्पतालमा शय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमै राख्नुपरेको थियो । उनीहरूमध्ये केहीलाई बुधबार बिहान केएमसी अस्पताल दुवाकोट र कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा राखियो । उपत्यकामा बुधबार १ सय २ जना संक्रमित थपिए । यीमध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् ।

संक्रमित थपिएसँगै व्यवस्थापन गर्न समस्या भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ‘मंगलबारकै संक्रमितलाई व्यवस्थापन गरिसकेका थिएनौं, बुधबार झन् बढी थपिए,’ ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘अस्पतालमा कतै पनि बेड खाली नभएपछि घरमै बस्न चाहने लक्षण नभएकालाई अनुमति दिएका छौं ।’ ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बुधबार संक्रमण पुष्टि भएका मध्ये २० जनालाई घरमै आइसोलेसनमा राखिएको छ । मंगलबार पुष्टि भएका ६९ जनामध्ये १५ जनालाई पनि घरमै आइसोलेसनमा राखिएको थियो ।

कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - ०६:४२:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology