काठमाडौं । सरकारले आजदेखि पुनः जोरबिजोर प्रणाली लागु गरेको छ। सरकारले काठमाडौं उपत्यका र २ सय बढी सक्रिय कोरोना संक्रिमत भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गरेको हो।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सुरक्षा मापदण्ड कडाइका साथ लागु गराउने निर्णय भएको बताइएको छ। मास्क नलगाइ हिँड्नेलाई दण्ड जरिवाना गर्ने, सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था जो भए पनि कारवाही गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कोरोना संकटकै बीचमा सामूहिक भोज र समारोह भइरहेको भन्दै त्यसलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।