पोखरा । पोखरामा एक जनासहित गण्डकी प्रदेशभर ११ जनामा कोरोना पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार बिहान कास्कीमा एक, पर्वतमा एक, गोरखामा ६ र नवलपुरमा ३ सङ्क्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज थपिएका सहित गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ६६ पुगेको छ । सङ्क्रमितमध्ये १ हजार ३६२ जना निको भएको निर्देशनालयले जनाएको छ ।