Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

१० जुवाडे तास खेलिरहेको अवस्थामा पक्राउ

१० जुवाडे तास खेलिरहेको अवस्थामा पक्राउ

दैनिकी न्यूज

२२, श्रावण २०७७
१० जुवाडे तास खेलिरहेको अवस्थामा पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा र सोही ठाउँ बस्ने गोरखाका ४२ वर्षीय तोपबहादुर गुरुङ समेत १० जनालाई नगद १ लाख ८५ हजार ९ सय ४० रुपैयाँ र ६ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - १३:४०:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology