काठमाडौं । संघीय संसद सचिवालयका प्रवक्तालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएका थिए । उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्तासहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो ।
पर्साबाट निर्वाचित उपसमितिका संयोजक प्रदीप यादवलाई पनि केही दिनअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ।