काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य अंकले गिरावट आएको छ ।
नेप्से परिसूचक १.२९ अंकको गिरावट आएर सूचक १ हजार ३८१.३७ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यस्तै त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ०.६३ अंकले घटेर २८९.५५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये १८६ कम्पनीका २३ लाख ३७ हजार २३० कित्ता सेयर ९१ करोड ८१ लाख ८९ हजार ४३० रुपैयाँमा कारोबार भयो ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये ६ वटा समूहको शेयर मूल्य बढेको छ । बाँकी ६ वटा समूहको शेयर मूल्य गिरावट आएको छ । होटल्स समूह ३३.८४ अंक, विकास बैंक १०.४ अंक, वित्त समूह ४.०३ अंक, निर्जिवन विमा समूह ३१.८७ अंक, उत्पादन समूह ३.५९ अंक र जीवन विमा समूह ५०.८ अंकले बढेको छ । उता बैकिङ समूह ३.९३ अंक, व्यापार समूह ९.२४ अंक, जलविद्युत समूह ४.१३ अंक, अन्य समूह ३.०६ अंक, लघुवित्त समूह १.५६ अंक र म्युचल फण्ड समूह ०.०९ अंकले गिरावट आएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो। यो कम्पनीको मात्र ११ करोड ७८ लाख ५१ हजार ८८ रुपैयाँबराबरको कारोबार भयो । यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४४ लाख ३३ हजार ६९४ रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ८९ लाख ७९ हजार ८२० रुपैयाँ, एनएमबी बैंकको ३ करोड ६० लाख १० हजार २५८ रुपैयाँ बराबरको कारोबार भयो।
आज तीन कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो । गुराँस लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स, नेपाल फाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो ।
आज महिला सहयात्रा लघुवित्तको शेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ । जसको शेयर मूल्य ६.०६ प्रतिशतले घट्यो । त्यस्तै स्वाभिमान लघुवित्तको ५.६८ प्रतिशत, कालिका पावर कम्पनीको ५.३६ प्रतिशतले गिरावट आएको छ ।