Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कहिले हुन्छ एसईईको नतिजा सार्वजनिक ?

कहिले हुन्छ एसईईको नतिजा सार्वजनिक ?

दैनिकी न्यूज

२२, श्रावण २०७७
कहिले हुन्छ एसईईको नतिजा सार्वजनिक ?
images


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन केही ढिला हुने भएको छ । कोरोना संकटको कारण गरिएको लकडाउनले परीक्षा नै नभएपनि कक्षा १० कै आन्तरिक परीक्षाका आधारमा नतिजा प्रकाशन गरिन लागेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक कारणले केही दिन ढिलो हुने जनाएको हो । विद्यार्थीको सर्टिफिकेटमा कुनै त्रुटी नहोस् भनेर दोहोर्‍याएर हेर्ने काम भइरहेकोले नतिजा प्रकाशन ढिला गर्न लागेको वोर्डको भनाई छ ।
यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने गरिन लागेको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भइसकेको र प्राविधिक त्रुटि पुनः परीक्षण भइरहेको वोर्डका एक अधिकारीले जानकारी दिए ।

यसपटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन) का आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशन गरेपछि परीक्षार्थीलाई बोर्डले नै ग्रेडसिट प्रदान गर्नेछ । विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी बोर्डले कार्यविधि बनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - २१:४३:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology