Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

क्रियाशील सदस्य दोब्बर बनाउँदै नेपाली कांग्रेस

क्रियाशील सदस्य दोब्बर बनाउँदै नेपाली कांग्रेस

दैनिकी न्यूज

२३, श्रावण २०७७
क्रियाशील सदस्य दोब्बर बनाउँदै नेपाली कांग्रेस
images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउन गृहकार्य सुरु गरेको छ ।

कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता वितरण सुरु गरिसकेको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारीसहित पूर्वपदाधिकारीको छलफलपछि कांग्रेसले हाल कायम रहेका ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्यतालाई बढाएर १० लाख पु¥याउने तयारी गरेको हो ।

बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले क्रियाशील सदस्यतालाई दोब्बर बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

‘क्रियाशील सदस्यता वितरण सुरु भएसँगै माग बढ्दो छ, पहिले ५० प्रतिशत बढाउने भन्ने थियो, माग बढेसँगै शत प्रतिशत बढाउने भन्ने विषयमा छलफल भएको छ । थप छलफल आगामी केन्द्रीय समितिमा हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने ।

बैठकमा म्याद सकिएका भ्रातृ संस्थाहरूको म्याद थप, १४औं महाधिवेशनको क्रियाशील सदस्यता छानबिन गर्न बनाइने समिति, पार्टीका रिक्त विभाग तथा विभागको भागबन्डाको विषयमा समेत छलफल भएको छ ।

यस्तै, अन्य पार्टी परित्याग गरी आएका नेता कार्यकर्ताको समायोजनका विषयमा समेत बैठकमा छलफल भएको छ ।
यसैगरी, आगामी केन्द्रीय समिति बैठकबाट क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउने विषयमा समेत नेताहरूबीच छलफल भएको छ । बिहीबार भएको शीर्ष तहको छलफलमै समितिमा रहने नेताहरूको नाम दिन सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रहसमेत गरेका छन् ।

राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण २३, २०७७ शुक्रवार - ०६:०४:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology