काठमाडौं । बिहीबार प्रभु इन्स्योरेन्स, ग्लोबल आइएमई लघुवित्त, एक्सेल डेभलपमेण्ट बैक र कुमारी बैंकको शेयर नेप्सेमा सूचिकृत भएको छ ।
प्रभु इन्स्योरेन्सको ५ लाख ११ हजार ९८९ कित्ता बोनस शेयर, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ३ लाख ८६ हजार ६०१ दशमलव २५ कित्ता बोनस शेयर, एक्सेल डेभलपमेण्ट बैंकको ११ लाख ८४ हजार ४७२ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताहरुले खरीदविक्री गर्न सक्नेछन् । सूचीकृत भएको हो । सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताहरुले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
त्यस्तै कुमारी बैंकको २ करोड ९६ लाख ५९ हजार १९० दशमलव २८ कित्ता शेयर बिहीवार नेप्सेमा सूचीकृत भएको छ ।
बैंकले देवः विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकको नामबाट शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकको नामबाट गत असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो ।
कुमारी बैंकको १ कित्ता बराबर देवः विकास बैंकको शून्य दशमलव ८६ कित्ता शेयर अनुपातमा कुमारी बैंकले प्राप्ति गरेको थियोे । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गरेपछि चुक्तापूँजी रू. १२ अर्ब ७३ करोड पुगेको छ ।