Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाको संक्रमण फैलन नदिन तीनै जिल्लाका सिडिओहरुले यस्तो गरे निर्णय

कोरोनाको संक्रमण फैलन नदिन तीनै जिल्लाका सिडिओहरुले यस्तो गरे निर्णय

दैनिकी न्यूज

२३, श्रावण २०७७
कोरोनाको संक्रमण फैलन नदिन तीनै जिल्लाका सिडिओहरुले यस्तो गरे निर्णय
images

काठमाडौं । उपत्यकाको तीनै जिल्लामा कोरोनाको जोखिम बढेको भन्दै सर्टडाउन गर्नसम्मको अख्तियारी पाएपछि जिल्ला प्रशासन कार्यालयले तयारी थालेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गर्दै आवश्यक परे लकडाउन गर्नेसम्मको तयारी थालेका हुन् ।

शुक्रबार विहान बसेको सिडिओहरुको बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्न जिम्मेवारी पनि दिएको छ ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७७ शुक्रवार - २१:२७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology