ललितपुर । शुक्रबार ललितपुरको तीन स्थानीय तहमा ८ संक्रमित भेटिएका छन् । ललितपुर महानगरपालिकाका ६ स्थायी बासिन्दा, महालक्ष्मी नगरपालिकाका १ अस्थायी बासिन्दा र गोदावरी नगरपालिकाको १ अस्थायी बासिन्दा कोरोना संक्रमित भएको स्वास्थ कार्यालय ललितपुरले जनाएको छ ।
शुक्रबार भेटिएका कोरोना संक्रमितहरुमा महालक्ष्मी नगरपालिकाका २९ वर्षिय पुरुष, गोदावरी नगरपालिकाका २७ वर्षिय पुरुष र ललितपुर महानगरपालिकाका ५६, ३१, ४०, ३०, ४०, ३४ वर्षका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा हालसम्म १४० जना कोरोना संक्रमित भएका छन्, पुरुष ९२ र महिला ४८ जना रहेका छन् ।

ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।