Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमित परिवारका कम्तीमा २ जनाको पीसीआर

कोरोना संक्रमित परिवारका कम्तीमा २ जनाको पीसीआर

दैनिकी न्यूज

२४, श्रावण २०७७
कोरोना संक्रमित परिवारका कम्तीमा २ जनाको पीसीआर
images

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन सुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए ।

‘कोरोना पोजिटिभ भएर होम क्वारेन्टाइनमा बसेका सङ्क्रमितका घरका कम्तीमा २ सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएका छौँ,’ उनले भने, ‘सोहीअनुसार जनस्वास्थ्य कार्यालयले स्वाब सङ्कलन सुरु गरिसकेका छन् ।’

शुक्रबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी ४० हजार ५३७ को पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको निर्देशनालयले जनाएको छ । जसमध्ये ४ हजार ७६० जना कोरोना पोजिटिभ देखिएका छन् । 


हालसम्म सुदूरपश्चिममा ३ हजार ९ सय ३८ जना सङ्क्रमित कोरोना जितेर घर फर्किसकेको निर्देशनालयले जनाएको छ भने कोरोना सङ्क्रमणबाट कैलालीमा ४, बझाङ र बाजुरामा २र२ र अछाममा एक गरी ९ जनाको मृत्यु भइसकेको छ ।

डा अवस्थीले समुदायमा पनि कोरोना परीक्षण गर्न निर्देशन दिएबमोजिम डोटी जिल्लामा समुदायका ४ सय ५० जनाको कोरोना परीक्षण भइसकेको बताए । रासस  

images
प्रकाशित मिति :श्रावण २४, २०७७ शनिवार - १०:३५:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology