Logo

सोमवार, श्रावण २५ गते २०८३

images

हाँडीगाउँ पनि सिल

हाँडीगाउँ पनि सिल

दैनिकी न्यूज

२४, श्रावण २०७७
हाँडीगाउँ पनि सिल
images

काठमाडौं । काठमाडौं–५ अन्तर्गत हाँडीगाउँ कोटाल टोलमा अर्को सूचना जारी नहुनजेलसम्मको लागि सिल गरिएको छ । राजधनीमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये हाँडीगाउँ कोटाल टोलमा मात्रै ११ जना देखिएपछि सिल गरिएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत एक प्रहरी र उनका परिवारलाई कोरोना संक्रमण देखिएपछि वडाले कोटाल टोलका स्थानीयहरुको कोरोना संक्रमण परिक्षण गरेको वडा नं ५ का वडा अध्यक्ष रमेश डंगोलले जानकारी दिए । उक्त परिक्षणमा कोटाल टोलका ११ जना स्थानीयमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि टोल नै सिल गरेको वडा अध्यक्ष डंगोलले बताए ।

images
प्रकाशित मिति :श्रावण २४, २०७७ शनिवार - १५:४८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology