ललितपुर । सोमबार ललितपुरको २ स्थानीय तहमा ६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । ललितपुर महानगरपालिकाका ५ र महालक्ष्मी नगरपालिकाका १ जनामा कोरोना संक्रमित भएको स्वास्थ कार्यालय ललितपुरले जनाएको छ । ललितपुरका दुई हस्पिटलमा दुई जनाको आज मृत्यू भएको छ । मेडिसिटी अस्पतालका काठमाडौंमा काठमाडौ ट्याङ्लाफाँटका ६४ वर्षका पुरुष र किस्ट मेडिकल कलेजमा पाँचखाल काभ्रेपलाञ्चोकका ५० वर्षका महिलाको पनि निधन भएको छ ।
सोमबार ललितपुर महानगरपालिकाका ४५ वर्षका महिला, ५५ वर्षको पुरुष, ५२ वर्षका पुरुष, ५३ वर्षका पुरुष र ३८ वर्षका पुरुष रहेका छन् । ५२ वर्षका पुरुष ललितपुर महानगरपालिकाका स्थायी बासिन्दा हुन् भने बाँकी अस्थायी बासिन्दा रहेका छन् । त्यस्तै महालक्ष्मी नगरपालिका ३७ वर्षका पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको छ । उनी महालक्ष्मी नगरपालिकाका अस्थायी बासिन्दा हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा हालसम्म १६३ जना कोरोना संक्रमित भएका छन्, पुरुष १११ र महिला ५२ जना रहेका छन् ।
ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।