Logo

आइतवार, श्रावण २४ गते २०८३

images

देउवाले गठन गरेको विभागप्रति १२ युवा नेताहरुको आपत्ति, तत्काल खारेज गर्न माग

देउवाले गठन गरेको विभागप्रति १२ युवा नेताहरुको आपत्ति, तत्काल खारेज गर्न माग

दैनिकी न्यूज

२७, श्रावण २०७७
देउवाले गठन गरेको विभागप्रति १२ युवा नेताहरुको आपत्ति, तत्काल खारेज गर्न माग
images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेको विभाग तत्काल खारेज गर्न १२ युवा नेताहरुले माग गरेका छन् ।

उनीहरुले पार्टीको विभाग गठन कार्य तत्काल रोक्न समेत सभापति देउवाको ध्यानाकर्षण गराए । मंगलबार सयुंक्त विज्ञप्ती जारी गर्दै १२ युवा नेताले

पार्टीका सबै तहको अधिवेशनको मिति तोकिसकेपछि भइरहेका यस्ता नियुक्तिले महाधिवेशनको आचारसंहिताको ठाडो उलंघन गरेकोले नयाँ नियुक्ति खारेज गर्न माग गरेका हुन् ।

केन्द्रीय सदस्यहरु डा। चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव र किरण यादवले अवैध तरिकाले गठन गरिएको विभागहरुमा नबस्न पनि सवैलाई आह्वान गरेका छन् ।

महाधिवेशनलाई प्रभावित पार्ने नियतले विभाग गठन गरिएको भन्दै ती युवाहरुले यसलाई असंबैधानिक कदमको संज्ञा समेत दिएका छन् ।

तत्कालिन सभापति सुशिल कोईराला नेतृत्वको कार्यकालमा पदाधिकारी, समिति र विभाग गठनमा दुई वर्ष मात्र ढिलो हुँदा वर्तमान सभापति देउवाले नै असहमति जनाएकाले तत्कालिन निर्णय फिर्ता लिइएको तर अहिले भने कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरु कसरी बैधानिक र उपयुक्त हुनसक्छन् भनेर युवा नेताहरुले प्रश्न गरेका छन् ।

‘हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भव्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनु पर्ने होइन र रु हामीले बनाएका विभागहरुले आफ्ना विभागीय काम कहिले गर्ने ? महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टिका साथिहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ ।’

सभापति देउवाले विवादास्पद र अवैधानिक कार्यहरु गरिरहेकाले महाधिवेशन निर्धारित समयमा हुनेमा र निश्पक्ष हुनेमा समेत उनीहरुले आशंका गरेका छन् ।

‘अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफ सहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सहि दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं’, वक्तव्यमा लेखिएको छ ।

पार्टी सभापति विधानको संरक्षक र पालक हुनुका साथै व्यक्ति नभई संस्था भएकाले कांग्रेसको इतिहास, बिरासत, परम्परा र पद्दतिलाई उल्लंघन गर्ने सुविधा सभापतिलाई नभएको वक्तव्यमा लेखिएको छ ।

सभापति देउवाको व्यवहारले गैरलोकतान्त्रिक शक्तिहरुसँग लोकतान्त्रिक मुल्य मान्यताको बिषयमा बहस गर्ने आफुहरुको नैतिक धरातल अत्यन्त कमजोर हुन पुगेको युवा नेताहरुको ठहर छ । केहीदिनअघि सभापति देउवाले सयौं जनालाई विभागहरुमा नियुक्त गरेका थिए ।

images
प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - १७:०१:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology