Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार ललितपुरको ३ स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिए, को हुन उनीहरु ?

मंगलबार ललितपुरको ३ स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिए, को हुन उनीहरु ?

दैनिकी न्यूज

२७, श्रावण २०७७
मंगलबार ललितपुरको ३ स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिए, को हुन उनीहरु ?
images

ललितपुर । मंगलबार ललितपुरको ३ स्थानीय तहमा १६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । ललितपुर महानगरपालिकाका १२, गोदावरी नगरपालिकाका २ र महालक्ष्मी नगरपालिकाका २ जनामा कोरोना भएको स्वास्थ कार्यालय ललितपुरले जनाएको छ ।

मंगलबार ललितपुर महानगरपालिकामा अस्थायी रुपमा बसोबास गर्ने ३९ वर्षका पुरुष, २७ वर्षका महिला, २६ वर्षका पुरुष, २८ वर्षका महिला, ३६ वर्षका महिला रहेका छन् । त्यस्तै ललितपुर महानगरपालिकाका स्थायी रुपमा बसोबास गर्ने २९ वर्षका महिला, ३४ वर्षका पुरुष, २७ वर्षका पुरुष, २१ वर्षका पुरुष, २७ वर्षका महिला, ४५ वर्षका महिला र ४१ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

त्यस्तै महालक्ष्मी नगरपालिकामा स्थायी रुपमा बसोबास गर्ने २८ वर्षको पुरुष, ४३ वर्षको पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको छ । उता गोदावरी नगरपालिकामा स्थायी रुपमा बसोबास गर्ने ४० वर्षको महिला र २४ वर्षको पुरुषमा पनि कोरोना देखिएको छ ।

योसँगै ललितपुरमा हालसम्म १७९ जना कोरोना संक्रमित भएका छन्, पुरुष १२० र महिला ५९ जना रहेका छन् ।

ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।

images
प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - २०:४३:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology