Logo

सोमवार, श्रावण २५ गते २०८३

images

समाज लघुवित्तको आइपीओ भदौ ४ गतेदेखि बिक्री गर्ने

समाज लघुवित्तको आइपीओ भदौ ४ गतेदेखि बिक्री गर्ने

दैनिकी न्यूज

२८, श्रावण २०७७
समाज लघुवित्तको आइपीओ भदौ ४ गतेदेखि बिक्री गर्ने
images

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गतेदेखि नै आईपीओ बिक्री खुल्ला गर्ने भएको छ। लघुवित्त कम्पनीले ले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

८६ हजार कित्ता मध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल यो लघुवित्त कम्पनीको चुक्ता पूँजी एक करोड १४ लाख रुपैयाँ छ । ८६ लाखको आईपीओ जारी गरेपछि चुक्ता पूँजी २ करोड पुग्नेछ ।

images
प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - ०७:१७:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology