Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइपिएलमा बैङ्लोरद्वारा कोलकाता ८२ रनले पराजित

आइपिएलमा बैङ्लोरद्वारा कोलकाता ८२ रनले पराजित

दैनिकी न्यूज

२७, आश्विन २०७७
आइपिएलमा बैङ्लोरद्वारा कोलकाता ८२ रनले पराजित
images

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेग्ङ्लाेरले पाँचाैं जित निकालेकाे छ । साेमबार भएकाे खेलमा काेलकातालाई ८२ रनले हराउँदै बेग्ङ्लाेर लिगकाे तेस्रो स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बेग्ङ्लाेरले निर्धारित ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएकाे थियाे । बेग्ङ्लाेरकाे पहिलो विकेटका लागि आरोन फिन्च र देवदत्त पडिक्कलले ६७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पडिक्कल ३२ रन बनाएर आउट भए । २३ बल फेस गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । त्यसपछि फिन्च र कप्तान विराट कोहलीले पारि अघि बढाएका थिए । फिन्च व्यक्तिगत ४७ रन बनाएर आउट हुँदा बेग्ङ्लाेरको स्कोर ९४-२ रन बनाएको थियो । कप्तान कोहली र एबीडेभिलियर्सले १०० रनको अभिजित साझेदारी गर्दै काेलकातालाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका डेभिलियर्सले अर्धशतकीय पारि खेले उनले ३३ बल फेस गरेर ७३ रन बनाए । उनले ६ छक्का तथा पाँच चौका प्रहार गरे । कोहलीले २९ बलमा ३३ रन बनाउँदा एक चौका प्रहार गरे । कोलकाताका आन्द्रे रसेल र प्रशिद्ध कृष्णले एक/एक विकेट लिए । जवाफमा कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा रोकियो । उसका तीन खेलाडीले मात्र दोहोरो अ‌ङ्क जोड्न सके । राम्रो सुरुवात गर्न नसकेको कोलकाताले २३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ५१ रनमा दोस्रो विकेट गुमाएको कोलकाताले ५५ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को गरी पेभेलियन फर्किए । कोलकाताको स्कोरबोर्डमा ६४ रन हुँदा उसका महत्वपुर्ण पाँच विकेट झरेका थिए । जसमा टोम बान्टोनले ८ रन बनाए भने शुभंम गिलले ३४ रनको योगदान गरे । यस्तै नितिश राना नौ रनमा आउट हुँदा इयोन मोर्गनमात्र ८ रनमा पेभेलियन फर्किए । यस्तै कप्तान दिनेश कार्तिक एक रनमा आउट हुँदा आन्द्रे रसेलले १६ रन बनाए । एकपछि अर्को विकेट गुमाएको कोलकाता अन्तिममा ११२ रनमा रोकियो । बलिङमा बेग्ङ्लाेरका लागि वासिङ्टन सुन्दरले दुई विकेट लिए । जितसँगै बेग्ङ्लाेरले सात खेलमा १० अंक बनाएको छ । उसले अहिलेसम्म पाँच जित र दुई हार व्यहाेरेकाे छ । यस्तै कोलकाताले सात खेलमा चार जित र तीन हार छ । उसको ८ अंक रहेको छ ।

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - ०६:५८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology