Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रोनाल्डोलाई कोरोना संक्रमण

रोनाल्डोलाई कोरोना संक्रमण

दैनिकी न्यूज

२७, आश्विन २०७७
रोनाल्डोलाई कोरोना संक्रमण
images

रोयटर्स । पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ । पोर्चुगलको फुटबल फेडेरेसनलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार गरिएको परीक्षणमा उनलाई पोजिटिभ देखिएको हो । 'उनलाई कुनै लक्ष्यण देखिएको छैन । उनी ठीक छन् र आइसोलेसनमा छन्,' फेडेरेसनले भनेको छ । पोर्चुगल टीमका अन्य सदस्यमा भने कोरोना नदेखिएको समाचारमा जनाइएको छ । संक्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - २१:०१:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology