Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नयाँ अध्ययनको खुलासा-कोरोनाले जिन्दगीभर सुन्नसक्ने क्षमता गुम्छ !

नयाँ अध्ययनको खुलासा-कोरोनाले जिन्दगीभर सुन्नसक्ने क्षमता गुम्छ !

दैनिकी न्यूज

३०, आश्विन २०७७
नयाँ अध्ययनको खुलासा-कोरोनाले जिन्दगीभर सुन्नसक्ने क्षमता गुम्छ !
images

बीबीसी । कोरोना संक्रमणले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्ने एक नयाँ अध्ययनले देखाएको छ। बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले गरेको अध्ययनमा यस्तो निष्कर्ष निकालिएको बीबीसीले जनाएको छ। यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्ने अनुसन्धानमा उल्लेख छ। बेलायतमा एउटा यस्तै घटना भेटिएको छ। अनुसन्धानकर्ताका अनुसार संक्रमणपछि स्टेरोयड औषधि दिएपछि यसको असर नकारात्मक हुनसक्छ। यो बहिरोपनको रुपमा पनि देख्ने गर्छ। यद्यपि, बिरामीको श्रवण शक्ति कसरी घट्छ, यो पूर्ण रुपमा स्पष्ट हुन सकेको छैन। थुप्रै पटक फ्लू, हर्पिजजस्ता भाइरल संक्रमणको मामिलामा यस्तो हुनेगर्छ। अनुसन्धानकर्ताका अनुसार बिरामीको कानको परीक्षण गर्दा त्यसमा न त कुनै अवरोध थियो न नै कान सुन्निएको थियो। यो घटनापछि बिरामीको थुप्रै परीक्षण गरियो। यसमा फ्लू, रुमेटोयड अर्थराइटिस, एचआईभीको परीक्षण समावेश थियो। अनुसन्धानमा पाइए अनुसार बिरामीको बहिरोपनको कारण कोरोनाको संक्रमण थियो। अनुसन्धानकर्ताका अनुसार सुन्ने क्षमता घट्नु र टिनिटस (कानमा आवाज गुञ्जिनु) को लक्षण पनि कोरोना र फ्लूका बिरामीमा देख्न सकिन्छ। तर यस्तो मामिला पहिले देखिएको थिएन। वैज्ञानिकका अनुसार कोरोनाले कानमो मध्ये भागलाई पनि प्रभावित पार्न सक्छ। यो भाइरसले शरीरमा यस्तो रसायन बढाउने गर्छ जुन सुन्ने क्षमतासँग जोडिएको हुन्छ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - २२:१५:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology