Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपालद्वारा थ्री नेसन्स कपको उपाधि कब्जा, ३७ वर्षपछी यसरी फर्कियो खुशी

नेपालद्वारा थ्री नेसन्स कपको उपाधि कब्जा, ३७ वर्षपछी यसरी फर्कियो खुशी

दैनिकी न्यूज

१६, चैत्र २०७७
नेपालद्वारा थ्री नेसन्स कपको उपाधि कब्जा, ३७ वर्षपछी यसरी फर्कियो खुशी
images

काठमाडौं । नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार घरेलु मैदान दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर नेपालले सो उपाधि जितेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले पहिलो हाफमा एक-एक गोल गरे ।

नेपालले नेपाली भूमिमा जितेको यो फुटबलको दोस्रो उपाधि मात्र हो । यसअघि सन् १९८४ मा उनले काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदका पुरुषतर्फ स्वर्ण जितेको थियो र यसको ३७ वर्षपछि अर्को उपाधि जित्न सफल भएको हो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले जितेको यो समग्रमा पाँचौं उपाधि हो ।

नेपालले सन् १९८४ को दक्षिण एसियाली खेलकुदसँग सन् १९९३ मा यही प्रतियोगितामा स्वर्ण जितेको थियो । त्यसपछि सन् २०१६ मा नेपालले बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटीकप जितेको थियो । फाइनलको पहिलो हाफमा बंगलादेशमाथि लगातार आक्रमण बुनेको नेपालले १८ औं मिनेटमा गोल गरेको हो । सुनिल बलको कर्नर बंगलादेशको डिफेन्सले राम्रोसँग क्लियर गर्न नसकेपछि सन्जोगले गरेको प्रहार प्रतिद्वन्द्वी खेलाडीलाई छल्दै गोलमा परिणत भएको थियो । यो सन्जोगको पहिलो व्यक्तिगत अन्तर्राष्ट्रिय गोल हो । यस्तै नेपालले सात खेलपछि पहिलो गोल हात पार्न पनि सफल भएको छ ।

नेपालले अन्तिम पटक सन् २०१९ मा चिनियाँ ताइपेयीविरुद्ध गोल गरेको थियो । खेलको ३० औं मिनेटमा अञ्जन विष्टले बंगलादेशी गोलरक्षक अनिसुर रहमान अगाडि बढेको बेला गरेको चिप प्रहार पोस्टको ठीकमाथिबाट बाहिरिएको थियो । नेपालको दोस्रो गोल विशालको नाममा रह्यो र यो ४२ औं मिनेटमा सम्भव भएको थियो । बंगलादेशी गोलरक्षक रहमानविरुद्ध वान भर्सेस वानमा उनले सटिक गोल गरे । रञ्जित धिमालले सिर्जना गरेको पासमा संजोगले ‘हल्का टच’ गर्दै पास मिलाएका थिए । विशालको यो दोस्रो गोल मात्र हो । दोस्रो हाफमा भने नेपालले लगातार दबाब कायम राख्न सफल भयो । पूरा खेल अवधिमा बंगलादेशले नेपालमाथि पर्याप्त गतिलो आक्रमण बुन्न सकेन्, तर ८३ औं मिनेटमा मेहबुब रहेमानले हेडबाट गोल गरे । कप्तान जमाल भुयाको कर्नरमा यो गोल भएको हो ।

नेपालले फाइनलका लागि सुरुआती टिममा दुई परिवर्तन गरेको थियो । विशाल राई र सुनिल बलले सुरुदेखि खेले ।

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - २१:०४:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology