काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल भिडन्त चलिरहेको छ।
रियो दि जेनेरियो रंगशालामा पौने ६ बजेदेखि खेल सुरु भएको हो। खेलको पहिलो हाफ सकिएको छ। जसमा एक गोल गर्दै अर्जेन्टिनाले अग्रता बनाएको छ।
खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे ।
ब्राजिल पेरुलाई १(० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।