Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

टी–ट्वान्टी वरीयतामा नेपालको एक स्थान सुधार

टी–ट्वान्टी वरीयतामा नेपालको एक स्थान सुधार

दैनिकी न्यूज

११, श्रावण २०७८
टी–ट्वान्टी वरीयतामा नेपालको एक स्थान सुधार
images

काठमाण्डौ । टी–ट्वान्टी वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निकालेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डभन्दा अघि रहेको छ । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । नेपाल २०१९ मा केहि समय टि२० आई वरीयतामा ११ औं स्थानमा रहेको थियो ।

नेपाल एसोसियटतर्फबाट टि २० वरीयतामा अग्रस्थानमा छ । नेपालभन्दा अघि ११ औं स्थानमा जिम्बावे र १० औं स्थानमा बंगलादेश छन् । इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो र पाकिस्तान चौथो स्थानमा छ । अष्ट्रेलिया पाँचौं, दक्षिण अफ्रिका छैटौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं र श्रीलंका नवौं स्थानमा छन् ।



images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - १३:५२:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology