Logo

सोमवार, श्रावण २५ गते २०८३

images

टी–ट्वान्टी वरीयतामा नेपालको एक स्थान सुधार

टी–ट्वान्टी वरीयतामा नेपालको एक स्थान सुधार

दैनिकी न्यूज

११, श्रावण २०७८
टी–ट्वान्टी वरीयतामा नेपालको एक स्थान सुधार
images

काठमाण्डौ । टी–ट्वान्टी वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निकालेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डभन्दा अघि रहेको छ । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । नेपाल २०१९ मा केहि समय टि२० आई वरीयतामा ११ औं स्थानमा रहेको थियो ।

नेपाल एसोसियटतर्फबाट टि २० वरीयतामा अग्रस्थानमा छ । नेपालभन्दा अघि ११ औं स्थानमा जिम्बावे र १० औं स्थानमा बंगलादेश छन् । इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो र पाकिस्तान चौथो स्थानमा छ । अष्ट्रेलिया पाँचौं, दक्षिण अफ्रिका छैटौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं र श्रीलंका नवौं स्थानमा छन् ।



images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - १३:५२:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology