Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल

आज नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल

दैनिकी न्यूज

२०, भाद्र २०७८
आज नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल
images

काठमाडौं । नेपालले आइतबार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साँझ साढे पाँच बजे दशरथ रंगशालामा हुनेछ ।

बलियो टोली भारतविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदान उत्रिनेछ । फिफा वरीयतामा आफूभन्दामाथि रहेको टोलीमाथि जित निकाल्न त्यति सहज भने हुने छैन ।

फिफा वरीयतामा भारत १०५ औं स्थानमा रहँदा नेपाल १६८औं स्थानमा छ । हालसम्म यी दुई टोलीले २० खेलमा एक अर्काको सामना गर्दा भारत १३ र नेपाल मात्र २ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ ।

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा समाप्त भएको थियो ।

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - ०७:२४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology