Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य

अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य

दैनिकी न्यूज

२८, भाद्र २०७८
अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य
images

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत अमेरिकासँगको खेलमा नेपालले २३१ रनको लक्ष्य पाएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २३० रन बनाएपछि नेपालले २३१ रनको लक्ष्य पाएको हो ।

अमेरिका मोनांक पटेलले ११४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले । मोनांक पटेल बाहेक अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अमेरिकालाई ओपनर स्टिभ टेलर र मोडानीले पहिलो विकेटका लागि ३.५ ओभरमा १७ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर विक्रम सोबको बलमा टेलर एज लागेर सकेन्ड स्लिपमा कुशल भुर्तेलबाट १४ रनमा क्याच आउट हुन पुगेका थिए । टेलरले १७ बलमा १ चौका प्रहार गरे ।

१० औं ओभरको अन्तिम बलमा मोडानीलाई स्पिनर सन्दीप लामिछानेले १६ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । मोडानीले २८ बलमा १ चौका प्रहार गरे । तेस्रो विकेटको लागि मोनांक पटेल र निसर्ग पटेलले ४९ रनको साझेदारी गर्दैै इनिङ खेलेका थिए । स्पिनर कुशल मल्लले निसर्गलाई २१ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । नास्टुश केंजोगे १३ रनमा आउट भए ।

३७ औं ओभरको दोस्रो बलमा स्पिनर सुशान भारीले जसकरण मल्होत्रालाई ११ रनमा कुशल भुर्तेलबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए ।

भारीकै बलमा ठूलो सर्ट खेल्ने धुनमा सन्जय कृष्णमुर्ती १३ रनमा करण केसीबाट क्याच आउट भएका थिए । करिमा गोरलाई सन्दीपले १६ रनमा रन आउट गराए । अभिषेक पराडकार १३ र कप्तान सौरभ नेत्रवालकार ६ रनमा अविजित रहे ।

नेपालका विक्रम सोब, सुशन भारी र सन्दीप लामिछानेले दुई/दुई तथा कुशल मल्लले १ विकेट लिए ।

images
प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - २०:०४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology