Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आईसीसी विश्वकप क्रिकेट लिग–२ः आज ओमानको सामना गर्दै नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग–२ः आज ओमानको सामना गर्दै नेपाल

दैनिकी न्यूज

२९, भाद्र २०७८
आईसीसी विश्वकप क्रिकेट लिग–२ः आज ओमानको सामना गर्दै नेपाल
images

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालल आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जितको लक्ष्यमा हुनेछ । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । नेपालका युवा व्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेसँगै नेपालले अमेरिकालाई पराजित गरेको हो ।

तर, बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । ओमानले पछिल्लो समय उत्कृष्ट खेलिरहेको छ ।

लिग–२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो ।

ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १० खेलमा १६ अंक जोडेको छ । नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - ०८:३०:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology