Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

दैनिकी न्यूज

२८, आश्विन २०७८
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा
images

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्।

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा अन्जन विष्टले खेलको ८८ मिनेटमा गरेको गोलबाट बंगलादेशसँको खेल बराबरीमा टुङ्गिएसँग नेपाल फाइनलमा पुगेको हो ।

त्यस्तै भारत माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो ।

मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए । यस जितसँगै भारत शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।

नेपाल साफ इतिहासमा पहिलोपटक उपाधि जित्ने योजनामा छ। साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। उता  भारत भने आठौँपटक उपाधि हत्याउने दाउमा रहनेछ। भारतले यसअघि सातपटक साफ उपाधि जितिसकेको छ। साफमा भारत सर्वाधिक सफल टोली हो। 

images
प्रकाशित मिति :आश्विन २८, २०७८ बिहिवार - ०७:०२:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology