माले, माल्दिभ्स । दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप अन्तर्गतको फाइनल खेलको पहिलो हाफ नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन्। खेलको ६ मिनेटमै नेपालले भारतविरुद्व गोल गर्ने मौका पोलमा लागेर बाहिरिएको थियो । यस्तै भारतको खेलाडीको तीन पटकको प्रहार नेपाली गोलकिपर किरण लिम्बुले रोकेका थिए । नेपाल पहिलोपल्ट साफको फाइनल खेलिरहेको छ। दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा हालसम्म ५ पटकसम्म सेमिफाइनलमा पुगेपनि नेपालले फाइनलमा स्थान बनाउन सकेको थिएन। तस्बिर : गोलनेपाल