Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेपाल प्रहरी प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीसम्म नयाँ भर्ना आह्वान (सूचिसहित)

नेपाल प्रहरी प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीसम्म नयाँ भर्ना आह्वान (सूचिसहित)

दैनिकी न्यूज

१०, मंसिर २०७८
नेपाल प्रहरी प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीसम्म नयाँ भर्ना आह्वान (सूचिसहित)
images

काठमाडौं । नेपाल प्रहरीमा १ सय ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र १९ सय ७१ जना प्रहरी जवान पदमा भर्ना खुलेको छ । त्यसैगरी कार्यालय सहयोगी (भान्से) १ सय ६३ जना, हजाम १० जना, कार्यालय सहयोगी (सिलाइ बुनाइ) १० जना, कुचिकार १० जना र धोबी १० जनाको लागि भर्ना पनि खुलेको छ । विभिन्न पदमा २३ सय २० जनाको लागि बिज्ञापन खुलेको हो ।

प्रहरी निरीक्षक (इन्सपेक्टर) को लागि आवेदन दिन चाहनेहरुले महानगरीय प्रहरी कार्यालय रानीपोखरी, १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, गण्डरी प्रदेश प्रहरी कार्यालय पोखरा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै प्रहरी जवान र कार्यालय सहयोगीले भने १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरको सम्पर्क कार्यालय राजविराज सप्तरी, बागमती प्रदेश प्रहरी तालिम केन्द्र सुधौली सिन्धुली, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, कर्णांली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्ज बाँके, सुदुरपश्चिम प्रहरी तालिम केन्द्र दिपायल, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरी प्रहरी परिसर ललितपुर र सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने सूचना आजको गोरखापत्रमा छापिएको छ ।

आवेदन मंसिर १९ गतेदेखि दिन सकिने छ भने २३ गते आवेदन दिने अन्तिम म्याद रहने सूचनामा उल्लेख छ ।

notice.jpg

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - ०८:४८:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology