Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली क्षेत्रमा बादल, हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली क्षेत्रमा बादल, हल्का वर्षाको सम्भावना

दैनिकी न्यूज

७, कार्तिक २०८३
पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली क्षेत्रमा बादल, हल्का वर्षाको सम्भावना
images

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा भने बिहान हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

images
प्रकाशित मिति :कार्तिक ७, २०८३ शुक्रवार - ०६:४७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology