Logo

बुधवार, श्रावण २७ गते २०८३

images

रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ

रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ

दैनिकी न्यूज

१०, मंसिर २०७८
रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ
images

काठमाडौं । रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका–४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएका नवीन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाडौं टोखा नगरपालिका(४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका(४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा, काठमाडौं महाराजगंज बस्ने खोटाङ हलेसी नगरपालिका–६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, काठमाडौं महानगरपालिका–८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौं चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका–९ घर भएका २० वर्षीय जीवन थापा, काठमाडौं सामाखुसी बस्ने तनँहु भानू नगरपालिका(६ घर भएका २५ वर्षीय सुदिप थडराई, काठमाडौं महानगरपालिका(१३ छाउनी घर भएका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।

काठमाडौं महानगरपालिका–८ तिलगंगामा रक्तचन्दनको तेल प्रति लिटर नगद ५ लाख रुपैयाँको दरले अबैध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तेल सहित पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - २०:२२:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology