Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ललितपुर कांग्रेस अधिवेशनः पहिलो चरणबाट मीनकृष्ण महर्जन आउट, भोली फेरि मतदान हुने

ललितपुर कांग्रेस अधिवेशनः पहिलो चरणबाट मीनकृष्ण महर्जन आउट, भोली फेरि मतदान हुने

दैनिकी न्यूज

११, मंसिर २०७८
ललितपुर कांग्रेस अधिवेशनः पहिलो चरणबाट मीनकृष्ण महर्जन आउट, भोली फेरि मतदान हुने
images

ललितपुर । १४ औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस ललितपुर सभापतिका लागि मीनकृष्ण महर्जन, जितेन्द्र कुमार श्रेष्ठ र रामकृष्ण चित्रकारले बहुमत पुर्याउन सकेनन् ।

आज ललितपुरको स्टाफ कलेजमा भएको मतदानमा सभापतिका ३ जना उम्मेदारमध्ये कसैले पनि बहुमत प्राप्त गर्न नसकेका हुन् ।

सभापतिका लागि रामकृष्ण चित्रकारले ५०४, जितेन्द्र श्रेष्ठले ४८२ र मीनकृष्ण महर्जनले ३३६ मत प्राप्त गरेका छन् ।

अब सबैभन्दा बढी मत ल्याउने चित्रकार र श्रेष्ठबीच भोलि फेरि प्रतिस्पर्धा हुने भएको छ । भोली विहान ८ बजेदेखि १ बजेसम्म मतदान हुने कांग्रेसले जनाएको छ ।

ललितपुरमा श्रेष्ठ र महर्जन एउटै टिमबाट सभापतिको उम्मेदवार हुन् । उनीहरू दुवैले एउटै मञ्चबाट सभापतिमा उम्मेदवारी दिएका थिए । तर, अरु पदाधिकारीमा संयुक्त प्यानल उठाएका छन् । महर्जनको राजनीतिक पृष्ठभूमि राम्रो नभएको कांग्रेसका मतदाताको बुझाइ रहेको छ ।

सभापतिमा अलगअलग उम्मेदवारी दिए पनि दोस्रो चरणमा प्रतिस्पर्धा गर्दा कम मत ल्याउनेले बढी मत ल्याउनेलाई सघाउने समझदारी भएको थियो ।

नेता उदयशमशेर राणाले सहजीकरण गरेपछि अब दोस्रो चरणमा महर्जनले जितेन्द्रलाई सघाउनेछन् ।

महर्जनलाई आएको मत जितेन्द्रलाई थपिए पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने चित्रकार पराजित हुनेछन् ।

 

यो पनि पढ्नुहोस

कांग्रेस ललितपुर अधिवेशनः चित्रकार र श्रेष्ठबीच कडा टक्कर !

images
प्रकाशित मिति :मंसिर ११, २०७८ शनिवार - १९:१९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology