Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ललितपुर कांग्रेसको सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी

ललितपुर कांग्रेसको सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी

दैनिकी न्यूज

१२, मंसिर २०७८
ललितपुर कांग्रेसको सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी
images

ललितपुर । नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । आज भएको दोस्रो चरणको मतदानमा उनले ६६५ मत पाए भने अर्का उम्मेदवार रामकृष्ण चित्रकारले ६५३ मत पाए । ३ मत बदर भएको थियो ।

विजयी श्रेष्ठलाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता उदय शम्शेर राणाको समर्थन थियो । जिल्ला सभापति चयनका लागि हिजो मीनकृष्ण महर्जन, जितेन्द्र कुमार श्रेष्ठ र रामकृष्ण चित्रकारबीच प्रतिस्पर्धा भएको थियो । तर मतगणनामा कुनै उम्मेदवारले पनि ५१ प्रतिशत मत पाउन नसकेपछि बढी मत ल्याउने श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।

सभापतिका लागि हिजो चित्रकारले ५०४, श्रेष्ठले ४८२ र महर्जनले ३३६ मत ल्याएका थिए ।

शनिबार भएको मतगणनामा कम मत आएपछि सभापतिका उम्मेदवार मीनकृष्ण महर्जन बाहिरिएका थिए । तर महर्जनले चित्रकारलाई समर्थन गरेका थिए ।

चित्रकारलाई निवर्तमान सभापति मदन बहादुर अमात्य, ललितपुर महानगरपालिकाका मेयर चिरबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको समर्थन थियो ।

images
प्रकाशित मिति :मंसिर १२, २०७८ आइतवार - १५:५९:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology