Logo

बुधवार, श्रावण २७ गते २०८३

images

थापालाई भारी मतले हराउँदै लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित

थापालाई भारी मतले हराउँदै लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित

दैनिकी न्यूज

१९, मंसिर २०७८
थापालाई भारी मतले हराउँदै लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित
images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा सांसद समेत रहेका राजेन्द्र लिङ्देन विजयी भएका छन् । निवर्तमान अध्यक्ष कमल थापालाई हराउँदै लिङ्देन विजयी भएका हुन । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले पराजित गरे ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत प्राप्त गरे । ४३१ मत बदर भएको श्रेष्ठले जानकारी दिए । निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ । यसैबीच, अध्यक्षमा पराजित थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गरेका छन् । 

उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाउँदै भत्सर्ना गरेका छन् । उनले लेखेका छन्, 'सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।'

images
प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - ०८:५६:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology