Logo

बुधवार, श्रावण २७ गते २०८३

images

यस्तो योजना लिएर देशभर पुग्दैछन् लिङदेन

यस्तो योजना लिएर देशभर पुग्दैछन् लिङदेन

दैनिकी न्यूज

१९, मंसिर २०७८
यस्तो योजना लिएर देशभर पुग्दैछन् लिङदेन
images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पुस्तान्तरणको विषय लिएर अघि बढ्ने बताएका छन् । 

प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा बोल्दै उनले पुस्तान्तरणको विषय सुरु भएको प्रतिक्रिया दिए । 'राप्रपामा मात्रै होइन देशमै पुस्तान्तरणको मुद्दा लिएर जाने छु,' लिङ्देनले भने 'राप्रपाको महाधिवेशनलाई देशका अन्य पार्टीका मानिस, बुद्धिजीवी र पत्रकारको ध्यान कम आकर्षित भएका छन् । यो ध्यानाकर्षण एमालेको महाधिवेशन भन्दा कम छैन ।' उनले राप्रपालाई वैकल्पिक प्रजातान्त्रिक शक्तिमात्रै नभएर केन्द्रको रुपमा स्थापना गर्ने प्रयास हुन्छ । नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा कमल थापालाई पराजित गर्दै राप्रपाको बागडोर लिङ्देनको हातमा पुगेको हो । कार्यक्रमा थापाको अनुपस्थितिलाई समेत सम्बोधनको क्रममा लिङ्देनले उठाएका थिए । 'कमल थापा पनि यहाँ हुनु भएको भए सुनमा सुगन्ध हुन्थ्यो । फेरि पनि पूर्ण विश्वासमा छु, हामीसँगै हुनेछौं । उहाँहरुको योगदान राप्रपाले सधैं प्राप्त गर्ने छ', लिङ्देनले भने, 'पार्टीका संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दको भूमिका सदा जीवित राख्ने छौं ।' उनले निरन्तरतासहितको परिवर्तन देशका लागि मात्रै नभएर पार्टीमा पनि लागू हुने बताए ।

images
प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - १८:३७:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology