Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित

सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित

दैनिकी न्यूज

२२, मंसिर २०७८
सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित
images

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद् अमरेशकुमार सिंह पार्टीको १४ औं महाधिवेशन प्रतिनिधि बन्न असफल भएका छन् । सर्लाही क्षेत्र नम्बर ४ मा मंगलबार भएको अधिवेशनबाट सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। उनले २४८ मतमात्र पाए ।

सर्लाही क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बनेका छन् । 

पुरुष खुलाबाट उनी महाधिवेशन प्रतिनिधिका लागि भिडेका थिए । पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने छैनन्।

केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला निकटका नेता अमरेशले सर्लाहीको क्रियाशील वितरणमा संस्थापन समूहले धाँधली गरेको आरोप लगाउँदै आएका थिए।
क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको उनको आरोप थियो।

क्रियाशील सदस्यताकै विवादलाई लिएर सर्लाहीमा हवाइ फायर तथा झडप समेत भएको थियो।

माओवादी शान्ति प्रक्रियामा आउँदा मनोनयनमा परेर सांसद बनेका सिंह पहिलो संविधान सभाको चुनावमा महन्थ ठाकुरसँग पराजित भएका थिए ।

उनी दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।

images
प्रकाशित मिति :मंसिर २२, २०७८ बुधवार - ०९:२२:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology