Logo

बुधवार, श्रावण २७ गते २०८३

images

माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने

माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने

दैनिकी न्यूज

२३, मंसिर २०७८
माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने
images

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । आज बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो ।

स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् । बैठकले प्रदेश समितिको आकार पनि बढाएको हो ।

प्रवक्ता महराका अनुसार अब प्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्नेछ ।

images
प्रकाशित मिति :मंसिर २३, २०७८ बिहिवार - १६:४९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology