Logo

बुधवार, श्रावण २७ गते २०८३

images

जिप दुर्घटना हुँदा शिक्षक र विद्यार्थीको मृत्यु

जिप दुर्घटना हुँदा शिक्षक र विद्यार्थीको मृत्यु

दैनिकी न्यूज

२४, मंसिर २०७८
जिप दुर्घटना हुँदा शिक्षक र विद्यार्थीको मृत्यु
images

लजमुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै शैक्षिक भ्रमण गएका विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान ग१ज ६३१७ नम्बरको जिप दुर्घटनामा १ शिक्षक र २ विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा कपिलवस्तु बाडनिय गाउँपालिका–८ घर भएका सोही विद्यालयका शिक्षक ३८ वर्षीय कमल राना थापा, मस्र्याङ्दी–९ का सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ छात्रा प्रमिशा गुरुङ, कक्षा ६ मा अध्ययनरत १२ वर्षीय गणेश भण्डारी छन् । उनीहरुको जिपमा च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो जिपमा मस्र्याङ्दी–९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका लागि गएका थिए । दुर्घटनमा परी आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । घाइतेमध्ये चालक र १४ वर्षीय विद्यार्थीलाई भने अस्पतालले रिफर गरेर थप उपचारका लागि भरतपुर पठाएको प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - ०७:२५:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology