Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन छ : अध्यक्ष प्रचण्ड

नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन छ : अध्यक्ष प्रचण्ड

दैनिकी न्यूज

२४, मंसिर २०७८
नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन छ : अध्यक्ष प्रचण्ड
images

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन् ।

भारतीय जनता पार्टीका नेता हर्षबर्द्धनले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएको भन्दै खुसी लागेको बताएका थिए । त्यसकै जवाफ दिने क्रममा प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको जवाफ दिएका हुन् ।

सो अवसरमा प्रचण्डले कांग्रेससँग आफ्नो विशिष्ट सम्बन्ध रहेको बताएका छन्। प्रचण्डले जनयुद्दताका शान्तिवार्ताका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले नै पहिलोपटक चिठी लेखेको बताउँदै कांग्रेससँग आफ्नो पुरानो सम्बन्ध रहेको पनि बताए।

अध्यक्ष प्रचण्डले जनयुद्धलाई शान्तिपूर्णको बाटोमा ल्याउन स्वर्गीय गिरिजाप्रसाद कोइराला र आफूले महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए।

यतिखेर भृकुटीमण्डपमा कांग्रेसको १४औँ महाधिवेशन भइरहेको महाधिवेशन २७ गतेसम्म जारी रहनेछ।

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - १७:२०:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology