Logo

बुधवार, श्रावण २७ गते २०८३

images

देउवालाई प्रकाशमान सिंहको समर्थन

देउवालाई प्रकाशमान सिंहको समर्थन

दैनिकी न्यूज

२८, मंसिर २०७८
देउवालाई प्रकाशमान सिंहको समर्थन
images

काठमाडौं । नेपाली कांग्रेसका सभापतिको लागि प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने जनाएका छन्। सिंह निवास पुगेर देउवाले सँगै मिलेर जान आग्रह गरेपछि सिंह सहमत भएका हुन्।  निर्वाचनको नयाँ तालिका अनुसार दिउँसो ३ः३० बजेबाट मतदान सुरु हुनेछ।

पहिलो चरणको निर्वाचनमा सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ।

पहिलो चरणमा देउवाले २२ सय ५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७ सय २९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा ५ जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्।

१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ११:२२:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology